बैशाख १३, २०८१, बिहीबार
               

जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १९, २०७८

ADVERTISEMENT

जाजरकोट । जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाको ज्यान गएको छ । उक्त ट्रकमा १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् । 


कस्तो लाग्यो ?

यो पनि