जेठ ०५, २०८१, शनिबार
               

जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

जाजरकोट । नलगाड नगरपालिका– ५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा नलगाड– ५ का चंकलाल विक, सुरेश खत्री  र बलबहादुर खत्रीको ज्यान गएको हो । 

नलगाड– ८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।

यो पनि