जेठ ०४, २०८१, शुक्रबार
               

सर्वोच्चमा न्यायाधीशहरुको छलफल सुरु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं ।न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका हुन् ।  यसअघि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए ।

टि ब्रेकपछि न्यायाधीशहरुको छलफलमा प्रधानन्यायाधीशले ग्रेसफुल एक्जिटको प्रस्ताव पठाएपछि न्यायाधीशहरूले वार्ताका लागि तीनजना न्यायाधीशलाई पठाएका थिए । न्यायाधीशहरुको समूहले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशले खोजेको ग्रेसफुल एक्जिटको बाटोबारे कुराकानी गर्न पठाएका थिए ।

आइतबार अपरान्ह करिब साढे ४ बजे तीनजना न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग भेट गरी प्रधानन्यायाधीशको इच्छा र चाहनाबारे छलफल गरेका थिए । करिब ४५ मिनेटको छलफलपछि न्यायाधीशहरु बाहिर निस्किएका थिए । सोही छलफलको विषय, प्रधानन्यायाधीशको भनाई र आगामी कदमबारे धारणा बनाउन न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि