जेठ ०५, २०८१, शनिबार
               

तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं । तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । ब्यास नगरपालिका–१ गल्फुबेशीस्थित आइतबार साँझ भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार को १ ध ४० मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ४९३६ नम्बरको मोटरसाइकले आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार स्थानीय १८ वर्षीय रोशन गुरुङ गम्भीर घाइते भएको थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको बताइएको छ ।

मोटरसाइकलमै सवार १८ वर्षीय रोशन घर्ती घाइते भएको र उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीको भनाइ छ ।  


कस्तो लाग्यो ?

यो पनि