जेठ ०६, २०८१, आइतबार
               

आज २९७ कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

नेपालमा पछिल्लो २४ घण्टाकाे अवधिमा २९७ जनामा कोरोना संक्रमण देखिएको छ। ९११ जना निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमितसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ।

७ लाख ९१ हजार २६९ जना संक्रमणमुक्त भएका छन्। यस्तै, कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ छ। हालसम्म ४४ लाख १५ हजार ४३ पीसीआर परीक्षण भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।


कस्तो लाग्यो ?

यो पनि