बैशाख १४, २०८१, शुक्रबार
               

दाङमा दुई लाखसहित आठ जुवाडे पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

काठमाडौं । दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो ।

शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा तुल्सीपुर–११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर १२ का मानबहादुर रावत, दिपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेका छन् ।

उनीहरुसहित जुवाखालबाट १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद, १६ थान कौडा , भुईँमा बिछाइएको म्याट्रेक्स र दरी समेत बरामद गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि