बैशाख २७, २०८१, बिहीबार
               

कस्तो छ आजको मौसम ?

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

काठमाडौं । आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक–दुई स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ । 

आइतबार प्रदेश १, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि