जेठ ०५, २०८१, शनिबार
               

करेन्ट लागेर एक युवकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको  करेन्ट लागेर मृत्यु भएको हो  । 

आफ्नो घर नजिक पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सन्जिवनी अस्पताल चन्द्रौटा हुँदै शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  


कस्तो लाग्यो ?

यो पनि