जेठ ०६, २०८१, आइतबार
               

९४ ताेला चाँदीसहित माेरङमा एक जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

मोरङ । माेरङकाे छालगाछीबाट बिल नभएकाे ९४ ताेला चाँदीसहित एक जना पक्राउ परेका छन् । 

रतुवामाई नगरपालिका ३ छालगाछीका ३० वर्षीय धर्मेन्द्र शर्मालाई हिजाे मङ्गलबार बेलुका पक्राउ परेका प्रहरीले जनाएकाे छ । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मा पक्राउ परेका हुन् । 

बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगर पठाइएकाे प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि