मंसिर ०१, २०८१, शनिबार
               

वडाध्यक्षसहित २ पुर्पक्षका कारागार

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको  छ । 

पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । 

सोही मुद्दामै पक्राउ परेका वडासदस्य बलिष्टर सहनीलाई भने जिल्ला अदालतले रु एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतको आदेश पछि वडाध्यक्ष अमेरिका र रामआदेशलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको प्रवक्ता खनालले बताए । गत साउन ३ गते ना१ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलबाट ब्राउनसुगरसहित वडाध्यक्ष सहनी, वडासदस्य बलिष्टर सहनी र रामआदेश सहनीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 गत साउन ३ गत राति साढे १० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडाध्यक्ष सहनीले चलाएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

यसैगरी उनको पछाडि ना६२प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउँदै गरेका वडासदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि