बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्दै

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

अछाम । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हो ।

निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०ः४५ बजे धनगढीका लागि उडान हुनेछ ।

दोस्रो उडान धनगढीबाट फेरि ११ः३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः१५ बजे धनगढीका लागि उडान छ ।

धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको छ । नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि