जेठ ०६, २०८१, आइतबार
               

अवैध रुपमा नेपाल छिरेका ११ अफगानी नागरिक पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

काठमाडौं ।  अवैध रुपमा काठमाडौमा बस्दै आएका ११ अफगानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुशन्धान व्यूरो (सीआईबी) ले सोमबार बिहान राजधानीको सिनामंगलबाट तिनीहरुलाई समाएको हो ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

अफगानस्तानमा तालिबानले सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका हुन् । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि