जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानन्यायाधीशप्रति असन्तुष्टि जनाउँदै इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको निर्णय

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८

ADVERTISEMENT

कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि (८ कात्तिक)देखि इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् ।

आज बसेको न्यायाधीशहरूको बैठकले इजलास बहिष्कार गर्ने निर्णय गर्दै प्रधानन्यायाधीशले डाकेको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) पनि बहिष्कार गर्ने निर्णय गरेका छन् ।

प्रधानन्यायाधीशले नेपाल बार एसोसिएसनसँग हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि दिने विषयमा सहमति गरेलगत्तै बसेको न्यायाधीशहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

सर्वोच्च अदालतमा उपलब्ध १४ मध्ये न्यायाधीश मनोजकुमार शर्माले मात्र बैठकमा फरक मत राखेका थिए । एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशको पक्षमा कुरा उठाए पनि अन्य १३ न्यायाधीश एक पक्षमा भए पनि शर्मासमेत यो निर्णयमा सहमत भएका हुन् ।

आजको बैठकमा पाँच जना न्यायाधीशहरू भने उपत्यकाबाहिर भएका कारण उपस्थित थिएनन् । न्यायाधीश ईश्वर खतिवडा, सपना मल्ला प्रधान, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र कुमार चुँडाल भने उपत्यकाबाहिर भएका कारण बैठकमा अनुपस्थित थिए । 


कस्तो लाग्यो ?

यो पनि