जेठ ०६, २०८१, आइतबार
               

थप ५४५ जनामा कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ रहेको छ। सोहीक्रममा ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन्।


कस्तो लाग्यो ?

यो पनि