जेठ ०५, २०८१, शनिबार
               

गोरखामा मिनी ट्रक दुर्घटना : चालकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सोही ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।

बुधवार राति जिल्लाको आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको उक्त ट्रक आरुघाट गाउँपालिका–१ स्थित माझगाउँमा दुर्घटना हुदाँ चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको थियो । मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका ट्रक चालक मनोज श्रेष्ठ रहेको प्रहरीले जनाएको हो ।

त्यस्तै, घाइते हुनेमा आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ रहेको रआरुचनौटे स्वास्थ्य चौकीमा उनिहरुको उपचार भइरहेको बताइएको छ ।

राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था गम्भीररहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
 

यो पनि