जेठ ०६, २०८१, आइतबार
               

आज १०९६ संक्रमित थपिए

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

नेपालमा आज १ हजार ९६ जना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार १४० पिसिआर परिक्षणका क्रममा ९५७ जना र १ हजार ७७६ एन्टीजेन परिक्षणका क्रममा १३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख ८६ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३०५ जनाको कोभिडका कारण मृत्यु भएको छ । 

त्यस्तै पछिल्लो चौबिस घण्टामा १ हजार ४ सक्रिय संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ३६९ जना निको भएका छन् । हाल ११ हजार ८१५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि