जेठ ०५, २०८१, शनिबार
               

वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा  घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।

घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।  

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा  दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।


कस्तो लाग्यो ?

यो पनि