जेठ ०५, २०८१, शनिबार
               

श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गयो

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान् र श्रीमतीबीच कुटाकुट हुँदा श्रीमान‍्को मृत्यृ भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।  छथर गाउँपालिका-३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ वर्षीय गोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । हात हालाहालमा श्रीमती ५२ वर्षीया भक्तकुुमारी लिम्बु गम्भीर घाईते भएको शुक्रबारे प्रहरी चौकीका ईन्चार्च गणेश राईले जानकारी दिए । 

घटना स्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोबिन्दको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरी टोलीले जनाएको छ । कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यसैबीच, मृतकको शवलाई पोस्टमार्टमको लागि धनकुटा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि