जेठ ०६, २०८१, आइतबार
               

३९१ संक्रमित थप हुँदा ६ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

आज देशभर ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७७ परीक्षण गर्दा ३९१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ३८५ र एन्टिजेनबाट ६ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ६ हजार ९६६ जनाको पीसीआर र १ हजार १११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै गएको २४ घण्टामा ६ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ६८० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८१ हजार ४५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १२ हजार २९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि