जेठ ०६, २०८१, आइतबार
               

फेसबुक कमेन्टमा विवादपछि पेस्तोल ताक्ने युवक पक्राउ

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेकाे छ । 

एक थान पेस्तोल र एक थान म्याग्जिनसहित शनिबार उनी पक्राउ परेका थिए । स्थानीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्टको विषयलाई लिएर विवाद भएको थियो। विवाद भएपछि नवजितले विनयलाई पेस्तोल ताकेको भन्ने सूचना पाएपछि प्रहरी पुगेको थियो।

सीमा प्रहरी चौकी बलरामाबाट खटिएको टोलीले उनलाई हतियारसहित नियन्त्रणमा लिएको हो।


कस्तो लाग्यो ?

यो पनि