बैशाख २४, २०८१, सोमबार
               

अफगानिस्तानको आत्मघाती हमलामा परी मर्नेकाे संख्या ४७ पुग्यो

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा भएकाे आत्मघाती आक्रमणमा परी मर्नेकाे संख्या ४७ पुगेकाे छ भने ७० जना घाइते भएका छन् ।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए ।

शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि