जेठ ०६, २०८१, आइतबार
               

ससुरालीमा टिका थापेर घर फर्कनेक्रममा लडेर मृत्यु

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

खोटाङमा टिका थापेर ससुरालीबाट घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको  मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो ।

राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ ।

राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए । 


कस्तो लाग्यो ?

यो पनि