बैशाख १४, २०८१, शुक्रबार
               

आज २७२ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

आज २७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा २ हजार ६२० जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप ७ सय ७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त भइसकेका छन् । 

आज थप ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २७७ जनाको मृत्यु भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि