चैत १६, २०८०, शुक्रबार
               

रुकुमका किसानलाई दसैँले छाेएन

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

दसैँ अगाडि परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरू खेतबारीमै व्यस्त छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरू खेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए ।

अघिल्लो वर्ष अलि पछि दसैँ परेका कारण सबै खेतीपाती सकेर आरामका साथ मनाउन पाइएको थियो । अहिले अगाडि परेका कारण कामको चापसँगै दसैँ खेतबारीमै मनाउने परेको बाध्यता उनले सुनाए । धान भित्र्याएसँगै खेत जोतेर गहुँ लगाउने र मकै भित्र्याएपछि खाली भएको जग्गामा गहुँ , तोरी , अन्य तरकारी बाली लगाउनु पर्ने भएकाले कृषकहरू खेतबारीमा व्यस्त हुने गरेका ५न् । 

अहिले खेतबारीमा ढिला गरेमा जग्गामा भएको ओसिलोपन हराएमा अर्को बाली लगाउन मुस्किल हुने भन्दै आफूहरु खेतबारीमा व्यस्त भएको बारेकोट गाउँपालिका ५ का मनबहादुर सिंहले बताए । मौसमसमेत राम्रो भएकाले अन्नबाली भित्र्याउन सजिलो भएको उनको भनाइ छ ।

वर्ष भरी खाने अन्नलाई राम्रोसँग भित्र्याउन सकिएन भने त्यसको असर अर्को वर्ष दिनसम्म पर्ने भएकाले काममा लाग्नु परेको सिंहको भनाइ छ । 

अन्य ठाउँमा प्राविधिको प्रयोग गरेर छिटो भएपनि जाजरकोट, रुकुम र डोल्पाको तल्लो क्षेत्रमा गोरुद्धारा जोत्ने , अन्नबाली माडेर निकाल्ने काम हुने गर्दछ । जिल्लाका सबैभन्दा बढी धान उत्पादन हुने दल्ली , कार्यखेत , मैदे रुकुम पश्चिमको चौरजहारी , खोलागाउँ , राडी माझमी लगाएका ठाउँमा अहिले धान बाली भित्र्याउन निकै हैरान भएको छ । 


कस्तो लाग्यो ?

यो पनि