बैशाख २३, २०८१, आइतबार
               

राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो ।

नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए । नेपाल सरकारले कसुरदारलाई कारवाही गर्ने उनको भनाइ थियो ।

‘नेपाल संयुक्त राष्ट्रसंघमा उच्चतम स्तरको आचरण, योग्यता र अखण्डता सुनिश्चित गर्नको लागि राष्ट्रसंघ र सदस्य राष्ट्रहरुसँग सहकार्य गर्न तयार छ,’ राईले भने, ‘अपराधीहरुलाई उनीहरुको अपराधका लागि जिम्मेवार ठहर्‍याइने छ ।’


कस्तो लाग्यो ?

यो पनि