जेठ ०७, २०८१, सोमबार
               

पहाडी क्षेत्रमा आज पनि पानी पर्ने !

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

मुलुकको पहाडी भूभागमा आज सोमबार पनि पानी पर्ने पूर्वानुमान छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसमको खराबी भने देखिएको छैन । दिउँसो पहाडी भूभागमा बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मंगलबार गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको अनुमान छ । मंगलबार राति सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि