जेठ ०६, २०८१, आइतबार
               

१५ सय किलो पटाकासहित एक जना पक्राउ

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ । बारा गढिमाई-३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाललाई प्रहरीले पक्रेकाे हाे ।

गैरकानुनी रुपमा पटका, भुईचम्पालगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरू विक्री वितरण गर्न भण्डारण भइरहेको सुराकीका आधारमा महाशाखाको प्रहरी टोलीले शनिबार ललितपुर-१ कुपण्डोलस्थित गुसिंगलमा छापा मार्दा भण्डारण गरिएको अवस्थामा १४९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ फेला पारेको हो ।

बरामद गरिएको पटाका करिब २० लाख मूल्यको रहेको महाशाखाले जनाएको छ । पक्राउ परेका जैसवाललाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि