चैत १५, २०८०, बिहीबार
               

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजापुर–१० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनलाई घर फर्किंदै गर्दा गए राति हात्तीले कुल्चिएको अनुमान गरिएको बताए । दहितको शव आज बिहान बाटोमा फेला परेको थियो ।

मृतकको शरीरमा हात्तीले कुल्चिएको डाम देखिएकाल हात्तीले कुल्चिएको हुन सक्ने कार्कीले जानकारी दिए । उनका अनुसार घटनास्थल वरपर हात्तीका पाइला देखिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि