चैत १५, २०८०, बिहीबार
               

सान मारिनोमाथि पोल्यान्डको जित

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहार पाएको थियो । यो जितसँगै पोल्यान्ड ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । पराजित सान मारिनो अंकविहीन हुदै पुछारमा छ ।


कस्तो लाग्यो ?

यो पनि