बैशाख ०७, २०८१, शुक्रबार
               

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले हाम्फालेर गरे आत्महत्या

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

काठमाडौं  । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् । 

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हाम्फालेका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

तत्कालीन  शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पती आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि