जेठ ०६, २०८१, आइतबार
               

स्पष्ट नम्बरप्लेट नराखेका २१९ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। महाशाखाले चलाएको नम्बर प्लेटविरद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो।

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बंग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५०० देखि एक हजार ५०० रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ।

विशेषगरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउनसमेत समस्या हुने गरेको एसएसपी भट्टराईले बताए।

ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एसएसपी भट्टराई बताउँछन्।


कस्तो लाग्यो ?

यो पनि