जेठ ०२, २०८१, बुधबार
               

यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ । उनका अनुसार बैठकले रोजगार अनुमति प्रणाली संचालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८ लाई स्वीकृत गरेको छ । 

यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्याधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई र ऋण असुली न्यायाधीकरणको कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । 

विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि