बैशाख ०७, २०८१, शुक्रबार
               

आज थप ६७९ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

आज थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ७० नमूनाको पीसीआर र ३ हजार ८५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप १ हजार ४०५ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ पुगेको छ।पछिल्लो २४ घन्टामा २६ हजार ४१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
 


कस्तो लाग्यो ?

यो पनि