जेठ ०६, २०८१, आइतबार
               

इभिनिङ वाकमा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, पाँचजना पक्राउ

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

सुनसरी । इटहरीमा एक महिलामाथि सामूहिक जबर्जस्ती बलात्कार भएको छ । इटहरी– ८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती बलात्कार गरेका हुन् । 

सामूहिक बलात्कारपछि उनीहरू दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद तीन हजारसमेत लुटेर फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी ३० वर्षीया महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले जनाएको छ । 

पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पिडकहरूलाई खोजतलास गरेको थियो । घटनामा संलग्न ६ मध्ये चारजना १८ वर्षमुनि रहेकाले प्रहरीले सार्वजनिक गरेको छैन ।

घटनामा संलग्न रहेका इटहरी– १६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एकजनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी केसीले जानकारी दिए । 

उनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४  अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको छ । 

यो पनि