बैशाख १५, २०८१, शनिबार
               

गोरुले लियो घरधनीकाे ज्यान

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

आफैले पालेको गोरुले हान्दा सोलुखुम्बुका एक वृद्ध मरेकाे छ ।  माप्य दुधकोशी गाउँपालिका–६ का ६८ वर्षीय तपिराज राईलाई गोरुले हान्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए । 

घर नजिकै बारीमा बाँधेको गोरुलाई घाँस लगाउन क्रममा गोरुले हान्दा राईको घटनास्थलमा नै मुत्यु भएको प्रहरीले जनाएको छ । शनिबार २ बजे गोरुलाई घाँस लगाउन गएका राई बेलुका ११ बजेसम्म समेत घर नर्फिएपछि परिवारले खोजी गर्दा  मृत  फेला परेको प्रहरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि