जेठ ०६, २०८१, आइतबार
               

गोठाटारबाट साढे २ टन पटाका बरामद

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ । गएराति अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।

तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।

नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा योजना सार्वजनिक गरेपनि नाकामा चेकजाँच कडा पारिएको छैन् । गोदाम सञ्चालकले दसैँपछि बेच्नेगरी सो पटाका भारतबाट मगाएर स्टोर गरेर राखेको महाशाखाका एक अधिकृतले बताए । 


कस्तो लाग्यो ?

यो पनि