जेठ ०५, २०८१, शनिबार
               

दुर्घटनामा तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

सुनसरी । सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–१० स्थित भित्री सडकमा को‍‌. १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते मोटरसाइकल चालक दुहवी–११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरीको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा शनिबार साँझ  सवा ७ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यस्तै सुनसरीकै दुहवी–८ सोनापुरमा यात्रुबहाक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ना ५ ख ४५१३ नम्बरको बसले साँझ ६:१५ बजेतिर ठक्कर दिँदा पैदल यात्री मोरङको बेलबारी नगरपालिका बस्ने ७२ वर्षीय वृद्ध पवनलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका–१४ मा खेल्दै गरेका एक  नाबालकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।को १ ह ४३५० नम्बरको सफारीमा ठोक्किएर साँझ ७ बजेतिर अमर महतोका अढाई वर्षीय छोरा अनिल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि