बैशाख २५, २०८१, मंगलबार
               

भक्तपुरमा सभाजुलुस गर्न रोक

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा पछिल्लो समय कोरोना भाइरस महामारीको जोखिम कायम रहेकोले प्रशासनले सभा जुलुस गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै बिहीबार राति १२ बजेदेखि सभा जुलुस गर्न रोक लगाएको हो । 

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाएकी हुन् ।

नजिकिदै गरेको चाडपर्वहरूलाई ध्यानमा राखी बढी भीडभाड हुने कार्यक्रमहरू आयोजना गर्न रोक लगाइएको छ । प्रशासनले चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्र मात्र मनाउन आग्रह गरेको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवा कृत्रिम अभाव वा लुकाउने, मुल्य वृद्धि गर्ने वा असहजता सृजना गरेमा कानुन बमोजिम सजाय हुने आदेशमा उल्लेख छ । निजी वा सार्वजनिक निर्माण ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न सकिनेछ । 

यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरूलाई प्रशासनले आग्रह गरेको छ ।

बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ ।

सर्वसाधरण सबैले अनिवार्य रुपमा मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम गर्न पनि प्रशानसले आग्रह गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि