जेठ ०२, २०८१, बुधबार
               

आज मन्त्रिपरिषद बैठक बस्दै

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदकाे बैठक बोलाएका छन् । आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आज वा भोलिमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ । साथै आजको बैठकले केही नियुक्तिसँगै अन्य महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ । ती स्रोतका अनुसार आज केही सचिवको सरुवासमेत हुन सक्ने बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि