जेठ ०६, २०८१, आइतबार
               

आज १ हजार १५७ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा  १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् भने १,१५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पीसीआर परीक्षण गर्दा ८९२ जना र ३ हजार ३३९ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ गरी १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९४ हजार १६३ पुगेको छ। नेपाल मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ भने ७ लाख ६४ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि