जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंबाट ४ जना युट्युवर पक्राउ

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

नेपाल प्रहरी साइबर व्यूरोले ४ जना युट्युवरलाई पक्राउ गरेकाे छ । पीडितकाे तस्विरसहितका सामाग्री प्रकाशन गरी चरित्रहत्या गरेकाे अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु भइरहेकाे प्रहरी प्रधान कार्यालय साइबर व्यूरोका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । 

पक्राउ पर्नेहरूमा दैनिक खबरनामक युट्युव सञ्चालक दाङ तुलसीपुर उप-महानगरपालिका-१७ का प्रदिप भण्डारी, हरेक पलकाे खबर च्यानल सञ्चालक नुवाकोट सुर्यगढी गाँउपालिका-२  का शिशिर अधिकारी, सारैचुली युट्युव च्यानल सञ्चालक मोरङ वेलवारी नगरपालिका-९ की पिंकला कार्की र मोर्डन अनलाइन टिभी सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ का २४ को रोधन तमाङ छन् । उनीहरू सबैलाई काठमाडौंबाट पक्राउ गरिएकाे हाे । 

प्रहरीका अनुसार उनीहरूले विभिन्न युट्युब च्यानल संचालन गरी पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरू प्रसारण गरेकाे अभियोग छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ कसूरअन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई आज पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाे साइबर व्यूरोले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि