जेठ ०४, २०८१, शुक्रबार
               

परराष्ट्रमन्त्रीकाे शपथविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट आज पेसी तोकिएको छ।

कानुनी व्यवस्थाबिना खड्काको शपथ गराइएको भन्दै बदरको मागसहित अधिवक्ता विशाल न्यौपानेले रिट दायर गरेका थिए। रिटमा शपथ सम्बन्धी कानुन बनाएर पुनः शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न-नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। 

असोज ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन्। राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेर मन्त्री खड्का अमेरिका गएका थिए।


कस्तो लाग्यो ?

यो पनि