असोज ०६, २०८१, आइतबार
               

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

बुटवल ।बुटवलमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर बुटवलको फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पाको  रुम्बा गाउँपालिका–१ का २१ वर्षीय अशोक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

टोयोटा अटो वास प्रा.लि.को पुरानो बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट गम्भीर घाइते घर्तीको उपचारको क्रममा रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान शुरु भएको प्रहरीले बताएको छ ।

यता, रुपन्देही रोहिणी गाउँपालिका पनि एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । रोहिणी गाउँपालिका– ५ बुची घर भएका  ३२ बर्षका अमित कुमार उपाध्यायको मृत्यु भएको छ । प्रहरीले उनको स्थानीय सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि