असोज ०६, २०८१, आइतबार
               

ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धान भइरहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि