असोज ०६, २०८१, आइतबार
               

दुर्घटनामा एकको मृत्यु

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

बैतडी । मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आज  एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन् ।

पञ्चेश्वर गाउँपालिका– १ का वडा सदस्य परमल सिंह घटालले चलाएको सुपप्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।   

‘मोटरसाइकल पल्टिँदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी हुन्’, ओझाले भने, ‘सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासि लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुङ्गामा टाउको ठोक्किएको थियो ।’ घाइते लक्ष्मीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक लक्ष्मीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ । 


कस्तो लाग्यो ?

यो पनि