मंसिर ०७, २०८१, शुक्रबार
               

१३ लाखले गराए सुरक्षित गर्भपतन

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

नेपालमा गर्भपतन गर्न पाउने अधिकार प्राप्त भएकाे १९ वर्षकाे अवधिमा १३ लाखभन्दा बढीले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनुसार नेपालमा गर्भपतनले कानूनी मान्यता पाएपछि अहिलेसम्म १३ लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका हुन् । ४२ प्रतिशत महिला यसबारे जानकार रहेको विभागको भनाइ छ ।

संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियामावली, २०७७ लागू रहेको छ ।

४ हजारभन्दा धेरैलाई स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी करिब १५ सय स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन गराइँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि