जेठ ०६, २०८१, आइतबार
               

आइतबार ८३४  संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

नेपालमा थप ८३४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको ८ हजार ५८९ पीसीआर परीक्षणका क्रममा ७३० जना संक्रमित पहिचान भएका छन् भने ५ हजार १४७ को एन्टिजेन परीक्षणका क्रममा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा संक्रमितको संख्या ८ लाख ८१ हजार ९३९ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २७९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ। जुन कूल संक्रमितको ९६.१८ प्रतिशत हो। 

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यससँगै मृत्यु हुने संक्रमितको संख्या ११ हजार ९६ पुगेको छ।  नेपालमा अहिले १९ हजार १४२ सकृय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 


कस्तो लाग्यो ?

यो पनि