असोज ०६, २०८१, आइतबार
               

बुढानीलकण्ठ नगरपालिकाको वडा कार्यालयमा शव भेटियो

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा कार्यालयमा सोमबार एक शव फेला परेको छ ।

सो नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुन सक्ने महाराजगञ्ज प्रहरी वृत्तका एक अधिकृतले बताए । घटनाबारे अहिले अनुसन्धान जारी रहेको उनले बताए ।

 

 


कस्तो लाग्यो ?

यो पनि