बैशाख २०, २०८१, बिहीबार
               

लक्ष्मण र कुवेरलाई पत्रकारिता पुरस्कार

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

काठमाडौं । तुलसी मिडियाले आयोजना गर्न लागेको ‘नेपाल बेस्ट म्युजिक अवार्ड २०२१’मा चलचित्र पत्रकारद्वय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । आगामी असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा आयोजना हुने अवार्डमा उनीहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको बताए ।

सुवेदीले विभिन्न साप्ताहिक, मासिक, पाक्षिक पत्रिका हुँदै टेलिभिजन तथा नयाँ पत्रिका दैनिकमा लामो समय पत्रकारिता गरेका थिए भने गिरी पछिल्लो केही वर्षयता रातोपाटी डटकममा कार्यरत छन् । ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भइसकेको छ । अवार्ड ३६ विधामा प्रदान गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि