असोज ०६, २०८१, आइतबार
               

ढलमा खसेर कपनबाट बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

काठमाडौँ । कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्वल विकको शव ललितपुरको महाङ्कालस्थित वाग्मती नदी किनारमा फेला परेको छ ।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका उनको शव  शनिबार साँझ फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

बालकको शव अनुहार चिन्न गाह्रो अवस्थामा रहेको छ । तथापि, उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएकाले पहिचान भएको उनले जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि